तपाईंले साइन इन गर्दा Google Authenticator ले प्रमाणीकरणको दोस्रो चरण थपेर तपाईंका अनलाइन खाताहरू अझ सुरक्षित बनाउँछ। यसको अर्थ तपाईंले आफ्नो पासवर्डका साथै तपाईंको फोनमा भएको Google Authenticator एपले बनाएको कोड पनि हाल्नु पर्ने हुन्छ। तपाईंको फोनमा नेटवर्क वा सेलुलर इन्टरनेट नभएका खण्डमा पनि तपाईंको फोनमा भएको Google Authenticator एपले पुष्टि कोड बनाउन सक्छ।
* Authenticator ले बनाएका कोडहरू आफ्नो Google खाता र आफ्ना सबै डिभाइसमा सिंक गर्नुहोस्। तपाईंले यसो गर्नुभयो भने तपाईं आफ्नो फोन हराएका खण्डमा पनि ती कोडहरू एक्सेस गर्न सक्नुहुन्छ।
* QR कोडका सहायताले आफ्ना Authenticator खाताहरू स्वतः सेटअप गर्नुहोस्। यो प्रक्रिया छिटोछरितो छ र यसले तपाईंका कोडहरू सही तरिकाले सेटअप गरिएका छन् भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।
* एकभन्दा बढी खाता प्रयोग गर्न मिल्छ। तपाईंले हरेक पटक साइन इन गर्दा एपहरू अदलबदल गरिराख्न नपरोस् भन्नाका लागि तपाईं Authenticator एप प्रयोग गरी एकभन्दा बढी खाता व्यवस्थापन गर्न सक्नुहुन्छ।
* समय र काउन्टरमा आधारित कोड बनाउन मिल्छ। तपाईं आफ्नो आवश्यकताअनुसार उपयुक्त प्रकारको कोड बनाउने विकल्प छनौट गर्न सक्नुहुन्छ।
* QR कोडका सहायताले एक डिभाइसबाट अर्को डिभाइसमा खाताहरू ट्रान्स्फर गर्नुहोस्। यो पुरानो डिभाइसमा भएका खाताहरू सारेर नयाँ डिभाइसमा लैजाने सजिलो तरिका हो।
* तपाईं Google का सेवाहरूमा Google Authenticator प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो Google खातामा २ चरण प्रमाणीकरण अन गर्नु पर्ने हुन्छ। यो कार्य सुरु गर्न http://www.google.com/2step मा जानुहोस् अनुमतिसम्बन्धी सूचना: क्यामेरा: QR कोडहरू प्रयोग गरी खाता हाल्न चाहिन्छ
आफ्नो खाता ह्याक हुनबाट सुरक्षित गर्न २ चरण प्रमाणीकरण अन गर्नुहोस्।
मा अपडेट गरिएको
२०२६ जुलाई २२